काठमाडौं । गायक तथा सर्जक प्रशान्त मिष्टको शब्द र आवाज रहेको पप र्याप शैलीको म्युजिक भिडियो ‘मध्यरात’ सार्वजनिक भएको छ । भिडियो हाइलाइट नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा मोडल निशा राई, अभिशेक श्रेष्ठ र शितल बस्नेतको अभिनय देख्न सकिन्छ । अजित मानान्धरले खिचेको भिडियो गायक स्वयंम प्रशान्त मिस्टले नै निर्देशन र सम्पादन गरेका हुन् ।
सन २००४ देखि निरन्तर संगीतमा सक्रिय रहेका प्रशान्तको पाँचौं एल्बम ‘मेरो देश नेपाल’ मा सो गीत समावेश छ
। यो भन्दा अगाडि प्रशान्तले २० वटा भिडियो रिलीज गरिसकेका छन् । यो यात्रामा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्, भने एकपल्ट भिडियो हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन् ।