सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • सुनको मूल्य तोलामा तीन सयले घट्यो
आर्थिक

सुनको मूल्य तोलामा तीन सयले घट्यो

  • pranil बिहिबार, भदौ २, २०७९ | August 18, 2022

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।

यसअघि प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर ९५ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ। यसैगरी ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज ९७ हजार ४०० रुपैयाँ पर्नेछ।

यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ।

यसअघि प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १९५ रुपैयाँमा कारोबार हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय