शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
समाचार

कस्तो छ आजको मौसम?

  • pranil सोमवार, साउन ३०, २०७९ | August 15, 2022

काठमाडौं- हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकोले आज बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय