शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ, धनगढीमा किन्न पर्खिएका चार जना पनि समातिए
मुख्य खबर

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ, धनगढीमा किन्न पर्खिएका चार जना पनि समातिए

  • सिधा दृष्टी शुक्रबार, साउन २०, २०७९ | August 5, 2022

धनगढी- कञ्चनपुरको बेलौरीमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ गुलरीयाका २४ वर्षीय गणेश भण्डारी र अछामको साँफेबगर नगरपालिका-७ रिडीकोटका २२ वर्षीय दिपेन्द्र केसी रहेका छन्।
उनीहरूको साथबाट १४ दशमलव ७५ ग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुवै जनालाई बेलौरी बजारबाट सुपप्र ०१ ००८ प ८८७८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो।
उनीहरूको साथबाट बरामद गरिएको लागूऔष आफूहरूका लागि नभई अरुले नै मगाएर ल्याएको बताएपछि

धनगढीबाट थप चार जना पक्राउ परेको बेलौरी प्रहरीले जनाएको छ। बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले धनगढीस्थित बसपार्कबाट कृष्णपुर-४ का २५ वर्षीय रोशन ऐर, साँफेबगर-४ का २० वर्षीय सन्दीप कुँवर, २६ वर्षीय विक्रम कुँवर र २३ वर्षीय क्षितिज बुढालाई पक्राउ गरिएको बताए।
उनीहरुको साथबाट नचिनिएको लागूऔषध जस्तो अन्य ३० ट्याबलेट पनि पाइएको प्रहरी निरीक्षक भण्डारीले बताए। उनका अनुसार बेलौरीमा समातिएका भण्डारी र केसीले भारतबाट लागूऔषध ल्याएका हुन्। पक्राउ परेका ६ जनालाई नै इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको र थप अनुसन्धान भइरहेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय