शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो खस्यो, यातायात अवरुद्ध
मुख्य खबर

मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो खस्यो, यातायात अवरुद्ध

  • सिधा दृष्टी शुक्रबार, साउन २०, २०७९ | August 5, 2022

काठमाडौं- मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ। ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीको भनाइ छ।
यसअघि सोमबार राति पनि केराबारीमै पहिरो गएको थियो। उक्त पहिरोमा २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो।
बुधबार बिहान ९ बजे पहिरो

पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध पारेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय