म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।
मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। ‘छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ’, उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छौँ।’
छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन्। सिद्धार्थ आमा समूह,
परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन्।