काठमाडौं– सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँ बढीको दातृ निकायको आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको हो।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ।अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८
लाख रुपैयाँ ऋण सहायता रहेको छ।
दातृ निकायको सहायता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख पछिल्लो तीन महिना (२०७९ वैशाखदेखि असारसम्म) मा मात्र प्राप्त भएको थियो।