शनिबार, मंसिर १०, २०७९ | Saturday 26th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मंगलबार थपिए ८१४ कोरोना संक्रमित
मुख्य खबर

मंगलबार थपिए ८१४ कोरोना संक्रमित

  • सिधा दृष्टी मङ्लबार, साउन १७, २०७९ | August 2, 2022

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको र कसैको पनि मृत्यु नभएको बताएको छ।
मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ र २ हजार ६५३ को एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको हो।
मंगलबार थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। पछिल्लो २४ घन्टामा २९९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार ४ हजार

९८५ जना होम आइसोलेसनमा छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय