मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालय घेराउ
मुख्य खबर

कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालय घेराउ

  • सिधा दृष्टी सोमवार, साउन १६, २०७९ | August 1, 2022

काठमाडौं- प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।
नायब सुब्बा बचाउ अभियानको पहलमा हातमा विभिन्न नारा र मागहरु उल्लेखित प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।
प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वन र सेवा प्रवाह गर्न सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न कार्यक्रम राखिएको अभियन्ता

एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए।
संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राखिनुपर्ने, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत र आन्तरिक/अन्तरतह प्रतिस्पर्धा २० प्रतिशत कायम गरिनुपर्ने मागर्दै कर्मचारीहरू आन्दोलित छन्।
यस्तै, सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान समावेश गरी यथासिघ्र संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गर्दै नायब सुब्बाहरुले विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय