शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
समाचार

नेपाली बजारमा सुनको मूल्य घट्यो

  • सिधा दृष्टी सोमवार, साउन १६, २०७९ | August 1, 2022

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ।
सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ। १० रुपैयाँले घटेर चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय