बुधबार, मंसिर २१, २०७९ | Wednesday 7th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • महँगीविरुद्ध कुर्लिंदै एमाले
मुख्य खबर

महँगीविरुद्ध कुर्लिंदै एमाले

  • सिधा दृष्टी सोमवार, साउन १६, २०७९ | August 1, 2022

काठमाडौं– सरकार महँगी नियन्त्रणमा आँखा चिम्लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार विरोध प्रदर्शन गर्दै छ। सर्वोच्च अदालतको परमादेशपछि निर्माण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतमा उच्च मूल्यवृद्धि गर्दा जीवन कष्टकर भएको दाबी गर्दै एमालेले वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो।
दिउँसो २ बजे विरोध प्रदर्शन सुरु हुने एमालेले जनाएको छ। वसन्तपुरबाट सुरु हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभाग, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, सम्पर्क मञ्चलगायतको सहभागितामा विरोध प्रदर्शन गरिनेछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय