शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • काठमाडौंका तीन स्थानमा तीन जना मृत फेला
मुख्य खबर

काठमाडौंका तीन स्थानमा तीन जना मृत फेला

  • सिधा दृष्टी सोमवार, साउन १६, २०७९ | August 1, 2022

काठमाडौं- काठमाडौंका विभिन्न तीन स्थानमा तीन जना मृत फेला परेका छन्।
टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी नागार्जुन नगरपालिका-६ घट्टेटारस्थित मनमती खोलाको बगरमा काठमाडौं बस्ने रामेछाप नगरपालिका-९ घर भएका १२ वर्षीय मनिष शाही आइतबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौं महानगरपालिका-१९ मरूहिटीमा सनाखत हुन नसेका करिब ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। तीन वटै घटनाको

अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय