शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मौसम खराब हुँदा हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध
मुख्य खबर

मौसम खराब हुँदा हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध

  • सिधा दृष्टी सोमवार, साउन १६, २०७९ | August 1, 2022

सिमकोट- हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध बनेको छ। मौसम खराब हुँदा हवाइसेवा अवरुद्ध बनेको हो।
बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको विमानस्थल प्रशासनले जनाएको छ।
जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको हो। उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकेको छैन।
हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको बताइएको छ।

/> सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन्। तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुई दिनदेखि उडान नभरेको विमानस्थल प्रशासनले जनाएको छ।
सिमकोट- हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध बनेको छ। मौसम खराब हुँदा हवाइसेवा अवरुद्ध बनेको हो।
बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको विमानस्थल प्रशासनले जनाएको छ।
जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको हो। उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकेको छैन।
हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको बताइएको छ।
सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन्। तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुई दिनदेखि उडान नभरेको विमानस्थल प्रशासनले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय