मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • झापामा ३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र
मुख्य खबर

झापामा ३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र

  • सिधा दृष्टी आइतवार, साउन १५, २०७९ | July 31, 2022

झापा- जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको संख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए।
नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अंगीकृतका आधारमा ५४९ र प्रतिलिपि १० हजार २४१ जनाले लिएको उनले बताए।
अघिल्लो आव २०७७/७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए। सो अवधिमा कोभिड–१९ का कारण

लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकता लगायतका कार्य समेत प्रभावित भएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन झापाबाट ११ हजार ७४६ जनालाई राहदानी वितरण गरिएको छ। जसबाट मात्र ८ करोड ६५ लाख १५ हजार ५०० राजस्व संकलन भएको सहायक प्रजिअ न्यौपानेको भनाइ छ।
उनका अनुसार सोही अवधिमा कार्यालयमा ७४ वटा संघसंस्था दर्ता, ५६३ संस्था नवीकरण, नाबालक परिचयपत्र ३४१ वटा वितरण गरिएको छ। असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीबापत ९ करोड १ लाख ९२ हजार १९२ राजस्व संकलन गरेको छ। अघिल्लो आव २०७७/७८ को सोही अवधिमा ६ हजार १८८ जनालाई मात्र राहदानी वितरण गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय