मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ
समाचार

जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ

  • सिधा दृष्टी आइतवार, साउन १५, २०७९ | July 31, 2022

काठमाडौं- बालकुमारीमा गए राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
ललितपुरको बालकुमारीमा काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा९७प ३१४३ नम्बरको मोटरसाइकललाई गए राती १० बजे ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका-८ का ३१ वर्षीय आशिष लामाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा राति ११ बजे मृत्यु भएको हो।
जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय