सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु
मुख्य खबर

मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, साउन १४, २०७९ | July 30, 2022

काठमाडौं- मस्कोको एउटा १५ तले भवनमा गए राति आगलागी हुँदा आज जनाको मृत्यु भएको छ।
दक्षिणपूर्वी जिल्लाको एक भवनमा आगलागी हुँदा आठ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले आगलागीमा परी घाइते भएका चार जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।
भवनको भुइँ तल्लाबाट आगलागी भएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मध्यरातपछि मात्रै आगो नियन्त्रणमा आएको थियो।
आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएका थिए। भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार

धातुले बनेकाले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय