सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मध्यरातमा हिरासतकी महिलालाई असईले कोठामा लगेपछि…
मुख्य खबर

मध्यरातमा हिरासतकी महिलालाई असईले कोठामा लगेपछि…

  • सिधा दृष्टी शनिबार, साउन १४, २०७९ | July 30, 2022

दाङ- मध्यरातमा हिरासतकी महिलालाई कोठामा लैजाने असईविरुद्ध बलात्कार मुद्दा दायर गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो।
बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं विरूद्ध बलात्कार मुद्दा दायर गरेको बताए।
उनीमाथि कानुन अनुसार कारबाही प्रक्रिया सुरु हुने न्यौपानेले जानकारी दिए। साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान

२ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्‍याई यौन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए।
चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए।
थुनुवा कक्षमा होहल्ला भएपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय