सोमवार, साउन ३०, २०७९ | Monday 15th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अभिव्यक्ति दिँदा पार्टीको मर्यादा ख्याल गरौं : प्रकाशमान सिंह
समाचार

अभिव्यक्ति दिँदा पार्टीको मर्यादा ख्याल गरौं : प्रकाशमान सिंह

  • सिधा दृष्टी शनिबार, साउन १४, २०७९ | July 30, 2022

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कर्ताले पार्टी अनुशासनको दायराभित्र बसेर अभिब्यक्ति दिनु पर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले कांग्रेसको कार्यकर्ता भएपछि उस्ले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै कार्यकर्तालाई जिम्मेवार बन्न सुझाव दिएका छन्।
पार्टीले गरेको निर्णयको पक्षमा सबै जना उभिन सके मात्रै पार्टी बलियो हुने उनको भनाई छ।
कांग्रेस पार्टी भित्रको एकता बलियो भएमात्रै मुलुकका सामु देखिएका चुनौती सामना गर्न सकिने उनले बताए।
नेता सिंहले

भने,‘सार्वजनिक मञ्चबाट या सामाजिक सञ्जालबाट पार्टी निर्णय भन्दा फरक धारणा राख्दा व्यक्ति चर्चित होला तर कांग्रेस कमजोर हुने भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्छ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय