मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मूल्यमान्यताको राजनीति सकिएकोमा कांग्रेस नेता सिंहको चिन्ता
मुख्य खबर

मूल्यमान्यताको राजनीति सकिएकोमा कांग्रेस नेता सिंहको चिन्ता

  • सिधा दृष्टी शुक्रबार, साउन १३, २०७९ | July 29, 2022

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले अहिले मूल्यमान्यताको राजनीति अन्त्यभएको र पावर बेस्ड राजनीति अगाडि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले गर्दा राजनीतिक दलप्रति निरासा बढेको उनको भनाइ छ।
२०४६ सालपछि आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ सालको चुनावमा हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो अवस्था आइपुगेको सिंहले बताए।
अझै पनि प्राप्त उपलब्धि माथि चौतर्फी प्रहार भइरहेकोले मुलुकका सामु गम्भीर चुनौतीहरु देखा परिरहेको समेत उनले बताए। राजनीतिक दलहरु विधि,

पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले दलहरुको कार्यशैली सच्चिनुपर्नेमा जोड दिए। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको सिंहको भनाइ छ।
कांग्रेस नेता सिंह शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १० इकाई समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय