सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • यतीको जहाजमा खराबी आएपछि विराटनगरमै रोकियो
मुख्य खबर

यतीको जहाजमा खराबी आएपछि विराटनगरमै रोकियो

  • सिधा दृष्टी शुक्रबार, साउन १३, २०७९ | July 29, 2022

विराटनगर– यती एयरलाइन्सको जहाजमा समस्या आएपछि विराटनगर विमानस्थलमै रोकिएको छ। काठमाडौंका लागि उडान भर्न लाग्दा खराबी आएपछि वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाज विमानस्थलमै रोकिएको हो।
विराटनगरबाट काठमाडौं जाने तयारीमा रहेका सबै यात्रु चढिसकेपछि जहाजमा खराबी रहेको थाहा भएको हो। जहाज स्टार्टको तयारी हुँदै गर्दा खराबी देखिएपछि सबै यात्रुहरुलाई ओरालिएको यती एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रेम कुँवरले बताए।
बिहीबार साँझ काठमाडौंबाट आएको जहाज विराटनगर विमानस्थलमै ‘नाइट स्टप’ गरिएको उनले बताए। विराटनगरबाट ६० जना यात्रु लिएर

बिहान ७ः३० बजेतिर काठमाडौंका लागि उड्ने तयारीमा रहेको समयमा खराबी देखिएको कुँवरले बताए। उनका अनुसार काठमाडौंबाट आएको प्राविधिक टोलीले अहिले मर्मतको काम गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय