सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • काठमाडौंबाट स्कुटर चोरीमा संलग्न एक जना पक्राउ
मुख्य खबर

काठमाडौंबाट स्कुटर चोरीमा संलग्न एक जना पक्राउ

  • सिधा दृष्टी शुक्रबार, साउन १३, २०७९ | July 29, 2022

काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। माछापोखरीबाट हराएको ०२ ०३७ प ९४१० नम्बरको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पर्वतको कुस्मा नगरपालिकाका २२ वर्षीय निरज थापालाई पक्राउ गरेको हो।
मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोली खटिएको थियो।
उक्त स्कुटर तनहुँको भिरकोट गाउँपालिका वडा नम्बर ०३ घर भई हाल काठमाडौं थानकोट बस्ने बिजय थापाले काठमाडौं माछापोखरीबाट हराएको भनि निवेदन दिएका थिए। थापालाई पक्राउ

गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय