काठमाडौं- काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित गोदाम चौरमा राँगोलाई गोली हानी मारिएको हो।
राँगोले आतंक मच्चाएपछि प्रहरीले शुक्रबार बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी मारेको उनले बताए।