सोमवार, साउन ३०, २०७९ | Monday 15th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु
मुख्य खबर

गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु

  • सिधा दृष्टी बिहिबार, साउन १२, २०७९ | July 28, 2022

काठमाडौं- गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ।
मुसीकोट नगरपालिका-२ देउरालीमा हिजो साँझ ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको हो। मालिका गाउँपालिका-२ का २२ वर्षीय दीपक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु२त ५६०३ नम्बरको ट्याक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराति २ बजे मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय