शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • संसदीय समितिले सरकारलाई सोध्यो– एसपीपी अस्वीकृतिको पत्र अमेरिकालाई किन नपठाएको?
मुख्य खबर

संसदीय समितिले सरकारलाई सोध्यो– एसपीपी अस्वीकृतिको पत्र अमेरिकालाई किन नपठाएको?

  • सिधा दृष्टी बुधबार, साउन ११, २०७९ | July 27, 2022

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ।
बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रीपरिषद् बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो। समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरे पनि नपाएकोले सो कागजात प्राप्न गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।

/> त्यस्तै प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरु आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने उनले जानकारी दिइन्। समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेस गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय