शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पर्वतमा मलामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते
मुख्य खबर

पर्वतमा मलामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते

  • सिधा दृष्टी सोमवार, साउन ९, २०७९ | July 25, 2022

पर्वत- पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कुश्मा नगरपालिका-५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट नालीमा धसारिएको प्रहरीको भनाइ छ।
दुर्घटनामा

परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन्।
दुर्घटना लगत्तै उद्धार गरिएका उनीहरूको पर्वत अस्पतालमा उपचार भइरहेको छ। चालक ४० वर्षीय ओमसेन ठकुरीसहितका तीन जना भने सकुशल रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय