मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • किशोरी सामूहिक आत्महत्या घटना : दुई जनाको मोबाइल भेटियो, शवमा चोटपटक छै
मुख्य खबर

किशोरी सामूहिक आत्महत्या घटना : दुई जनाको मोबाइल भेटियो, शवमा चोटपटक छै

  • सिधा दृष्टी सोमवार, साउन ९, २०७९ | July 25, 2022

काठमाडौं- झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोबाइल फेला परेको छ।
झापा प्रहरीका अनुसार दुई जनाको गोजीमा मोबाइल भेटिएको हो। दुवै मोबाइल लक भएकाले जाँचका लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइने प्रहरीले जनाएको छ। मोबाइल खुलेपछि अनुसन्धानमा सहयोग पुग्ने प्रहरीको अपेक्षा छ।
प्रहरीका अनुसार तीनै जनाको शवमा कुनै चोटपटक देखिएको छैन। शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटना धेरै शंकास्पद नदेखिए पनि अनौठो प्रकारको भएकाले सुक्ष्म

ढंगबाट अनुसन्धान गरिने प्रहरीले बताएको छ।
कचनकवल गाउँपालिका–५ पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनीहरु सोही चिया बगाममा मजदुरी गर्दै आएका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय