काठमाडौं- बलिउड अभिनेता अजय देवगण र दक्षिण भारतका अभिनेता सुरिया शिवकुमारले राष्ट्रिय फिल्म अवार्ड पाउने भएका छन्।
भारत सरकारले ६८औं राष्ट्रिय फिल्म अवार्ड घोषणामा ‘तान्हाजी : द अनसङ वारियर’बाट अजय देवगण र ‘सोरारई पोटुरु’बाट सुरियालाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिने जनाएको हो।
‘सोरारई पोटरू’लाई पाँच विधामा अवार्ड प्राप्त भएको छ भने सर्वोत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जुनियर’ बनेको छ ।
‘सोरारई पोटरू’बाट अर्पणा बालमुरलीलाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि मिल्यो। ७८औं गोल्डेन ग्लोब्स अवार्डमा यो फिल्म विदेशी भाषी तर्फको विधामा
मनोनीत भएको थियो।
फिल्मको कथा क्याप्टेन गोपीनाथको जीवनमा आधारित छ। जो आकाशमा उडिरहेको सपना मात्रै देख्दैन, आकाशमा उड्न सफल पनि हुन्छन्।
ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘तान्हाजीः द अनसङ वारियर’ एक जना मराठा योद्धा तानाजी मालुसुरेको वीरताको कथा हो। जसमा अजय देवगनका साथै सैफअलि खान र काजोलको मुख्य अभिनय रहेको छ।