शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मुख्यमन्त्रीले हिंसा भड्काउन खोजेको भन्दै एमालेद्वारा सरकारको धारणा माग
समाचार

मुख्यमन्त्रीले हिंसा भड्काउन खोजेको भन्दै एमालेद्वारा सरकारको धारणा माग

  • सिधा दृष्टी सोमवार, साउन ९, २०७९ | July 25, 2022

विराटनगर- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ। मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न उसले माग गरेको हो।
सोमबारको प्रदेशसभा बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशको नामकरणको सन्दर्भमा मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दा भएको र नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको अभिव्यक्ति दिने गरेको भन्दै सरकारको धारणा माग गरेका हुन्।
मुख्यमन्त्रीले एउटा सीमित जाति विशेषको लागि

मात्र नभएर सबैको भावनाबारे सोच्नु पर्ने उनले बताए। अधिकारीले भने, ‘पदको गरिमा कायम गर्नुपर्छ। मानिसको भूमिका समय परिस्थितिअनुसार फरक पर्न सक्छ,’ मुख्यमन्त्रीले अरू पहिचानवादीलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुन्छ की हुँदैन भनी सांसद अधिकारीले प्रश्न गरे।
सांसद बिनादेवी राईले नामको विषयमा विपक्षमा हुँदा नाम राख्ने भन्ने तर सरकारमा पुगेपछि नामको विषयमा चासो नदिएको भन्दै सरकार के गरेर बसिरहेको छ भन्दै प्रश्न गरिन्। सरकार नै हिंसा भड्काउन उद्धत रहेको उनले बताइन्। उनले जनताको मागअनुसार तुरुन्तै प्रदेशको नामकरण गर्न आग्रह गरिन्।
मुख्यमन्त्री राई प्रदेश एकको नाम किरात राख्नुपर्ने पक्षमा छन्। उनले किरात नामकै विषयमा अभिव्यक्ति दिने गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय