शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पूर्वअर्थमन्त्री जनार्दन शर्माले पदमा रहँदा आफूले कुनै गलत काम नगरेको दाबी गरे
मुख्य खबर

पूर्वअर्थमन्त्री जनार्दन शर्माले पदमा रहँदा आफूले कुनै गलत काम नगरेको दाबी गरे

  • सिधा दृष्टी बिहिबार, साउन ५, २०७९ | July 21, 2022

काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्माले पदमा रहँदा आफूले कुनै गलत काम नगरेको दाबी दोहोर्याएका छन् ।
बिहीबार बिहान संसदीय छानबिन समिति विशेष समितिमा बयान दिँदै उनले आफूविरुद्ध लागेका सबै आरोप अस्वीकार गरेका हुन् ।
संसदीय छानबिन विशेष समितिका एक सदस्यका अनुसार तत्कालीन अर्थमन्त्री शर्माले आफूले करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएको तथा सीसीटीभी फुटेज डिलिट गरेको भन्ने आरोप गलत भएको जिकिर गरेका हुन् । यसअघि पदबाट राजीनामा दिने बेला पनि तत्कालीन अर्थमन्त्री शर्माले आफूले कुनै गलत काम

नगरेको दाबी गरेका थिए ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय