शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक स्थगित
मुख्य खबर

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक स्थगित

  • सिधा दृष्टी बिहिबार, साउन ५, २०७९ | July 21, 2022

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक स्थगित गरिएको छ । बिहीबार ललितपुरस्थित एन्फा मुख्यालयमा बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित गरिएको हो ।
वर्तमान कार्यसमितिको दोस्रो बैठकमा विभिन्न १८ एजेन्डा तय थिए । एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिए पनि ढिलो गरी सुरु भएको थियो । तर, बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित गरिएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।
यसअघि, गएको सोमबारका लागि बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि

स्थगित गरिएको थियो ।
एन्फा निर्वाचनपछि पदाधिकारकिो शपथग्रहणलगत्तै बसेको पहिलो बैठकले विवादास्पद रूपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि नेतृत्वको आलोचना भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय