मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • २६ हजार ९४३ जनामा सङ्क्रमण पुष्टि भएको र ५७ जना कोभिड सङ्क्रमित विरामीको मृत्यु
समाचार

२६ हजार ९४३ जनामा सङ्क्रमण पुष्टि भएको र ५७ जना कोभिड सङ्क्रमित विरामीको मृत्यु

  • सिधा दृष्टी बिहिबार, साउन ५, २०७९ | July 21, 2022

ताईपेइ- ताइवानले केही कोभिड नियन्त्रणका केही उपायलाई खुकुलो पारेको छ। ताइवानका सहरी क्षेत्रमा अझै पनि लागू अवस्थामा रहेका मास्कको प्रयोग, सार्वजनिक स्थल र यातायातको सामान्य सञ्चालन पुनः सुरु गर्न नियमहरूलाई आवश्यकता अनुसार समायोजन गरेको ताइवानको रोग नियन्त्रण तथा अनुगमन निकायले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
मंगलबारदेखि मोटरसाइकल चालक र साइकल सवारले मास्क लगाउनु नपर्ने भएको छ। तर मास्क बोक्नु र समूहमा जाँदा लगाउनु भने अझै अनिवार्य हुने विज्ञप्तिमा बताइएको छ। नयाँ नियममा लागू हुने अन्य परिस्थितिहरूमा व्यायाम गर्नु, बाहिर

खुला स्थानहरूमा काम गर्नु र एकल वा समूहमा फोटो लिनु समावेश छ। मानिसहरूले बाहिर निस्कँदा मास्क लगाउनु आवश्यक छैन।
अब सुपरमार्केट र बजारलगायत सार्वजनिक स्थलमा आगन्तुक को प्रवाहमा विना रोकतोक जान सकिने र सार्वजनिक यातायातमा जाने यात्रुहरूले सवारी साधनमा खाना वा अन्य खानेकुरा खान सक्नेछन्।
यस द्वीपमा कोभिड–१९ महामारी घट्दै गइरहेको बताइए पनि मंगलबार २६ हजार ९४३ जनामा सङ्क्रमण पुष्टि भएको र ५७ जना कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको रोग नियन्त्रण तथा अनुगमन निकायले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय