बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न सांसद गुरुङको माग
मुख्य खबर

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न सांसद गुरुङको माग

  • सिधा दृष्टी बुधबार, साउन ४, २०७९ | July 20, 2022

काठमाडौं– सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबारभित्र सार्न माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सार्न माग गरेकी हुन्।
उनले भनिन्, ‘सेनामा न्यायप्रति विश्वास घटेको छ। सैनिक विशेष अदालतको बेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु। सैनिक विशेष अदालतलाई सिंहदरबारभित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु।’ सैनिक विशेष अदालतको बेथितिका कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन्।
‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास

हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन्। सैनिक विशेष अदालत हप्ताको एक दिनमात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरूको व्यस्तताका कारण इजलास बस्न नसकेको उनले बताइन्।
प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले राखेको धारणा

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय