बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • श्रीलंकामा आज राष्ट्रपतिका लागि निर्वाचन हुँदै
मुख्य खबर

श्रीलंकामा आज राष्ट्रपतिका लागि निर्वाचन हुँदै

  • सिधा दृष्टी बुधबार, साउन ४, २०७९ | July 20, 2022

श्रीलंका- श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्ने भएको छ। राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुने भएको हो।
राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ।
आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् ।
श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको समस्या खेप्न बाध्य रहेका छन्।
आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षे माल्दिभ्स

हुँदै सिंगापुर भागेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय