सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • राष्ट्र बैंकले १० अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल आज जारी गर्ने
मुख्य खबर

राष्ट्र बैंकले १० अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल आज जारी गर्ने

  • सिधा दृष्टी सोमवार, साउन २, २०७९ | July 18, 2022

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो असोज ३१ गते परिपक्व हुनेछ ।
यसैगरी केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुन आगामी पुस १

परिपक्व हुनेछ।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय