मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसे
मुख्य खबर

सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसे

  • सिधा दृष्टी सोमवार, साउन २, २०७९ | July 18, 2022

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन्। मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन १ महिनाअघिदेखि खेतमा बस्न थालेका थिए। उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाएका छन्।
‘बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्,’ उनले भने, ‘बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्ने गरेका छौं।’
सल्यानका विश्वनाथ उपाध्ययले बाँदरले बाली नष्ट गरेर भित्र्याउनै नपाएपछि जंगल छेउको करीब ५

रोपनी जग्गामा खेती गर्न छाडेको ५ वर्ष भयो। ‘बाँदरले बाली भित्र्याउनै नदिएपछि मकै, कोदो लगाउन छोडेको हो,’ उनले भने, ‘श्रम र लगानी खेर जाने भएपछि बारीमा घाँस र रुख रोपेको छु।’
मङ्गलाको सल्यानका दीपक र विश्वनाथ बाँदर पीडित कृषकको प्रतिनिधि पात्र हुन्। बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बने गर्छन्। खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु किसानका लागि अर्को चुनौती बनेको छ। बाँदर धपाउन कृषकको श्रम, पसिना र समय खर्च भएको छ।
आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ। कृषक खाना र खाजा खाने समयसमेत पाउँदैनन्। बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्‍याइदिनुपर्ने बाध्यता रहेको जलजला–४ मल्लाजका कृषक चन्द्रबहादुर कार्कीले बताए। खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात नास गरिदिने गरेको छ। बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै बिरुवासमेत उखेलेर नष्ट गरिदिने गरेको जलजला–३ का द्रोण खत्रीले बताए।
वनको विस्तारसँगै जंगल वरपरका खेतबारीमा खेती हुन छाडेका छन्। आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन्।
कानूनअनुसार बाँदरलाई लखेट्न, पक्रन
घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ। बाँदरको समस्या न्यूनीकरण गर्न टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फूल र घाँसखेती गर्न सकिने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय