बुधबार, मंसिर २१, २०७९ | Wednesday 7th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नागढुंगाबाट लागु औषधसहित भारतीय नागरिक पक्राउ
समाचार

नागढुंगाबाट लागु औषधसहित भारतीय नागरिक पक्राउ

  • सिधा दृष्टी सोमवार, साउन २, २०७९ | July 18, 2022

काठमाडौं- नेपाल प्रहरीले लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागु औषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुंगामा जाँचका क्रममा लागु औषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय

आधार कार्ड बरामद गरेको छ।
पक्राउ परेका कुमारलाई लागु औषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय