शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बैतडीबाट भारत हिँडेका युवकको अत्तरियामा शव फेला
मुख्य खबर

बैतडीबाट भारत हिँडेका युवकको अत्तरियामा शव फेला

  • सिधा दृष्टी आइतवार, साउन १, २०७९ | July 17, 2022

धनगढी- बैतडीको सिगास गाउँपालिकास्थित वडानम्बर-४ पोटेऐनका ३९ वर्षीय पदमसिंह धामीको शव अत्तरियामा फेला परेको छ। बिहीबार घरबाट भारतको दिल्ली जान्छु भनेर हिँडेका पदमको शव शुक्रबार अत्तरियामा फेला परेको हो।
बिहीबार घरबाट हिँडेका उनी त्यो दिन सिगास गाउँपलिका-२ स्थित गाजरीमा बसेका थिए। त्यसको भोलिपल्ट (शुक्रबार) उनी त्यहाँबाट डडेल्धुरा हुँदै अत्तरिया पुगेका थिए। उनी शुक्रबार कैलालीको अत्तरियामा मृत फेला परेका हुन्।
अत्तरियाको धनगढी रोडमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै

फेला परेको थियो।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय