शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • निजामती कर्मचारीको बढेको तलब लागू, अब कसको कति?
मुख्य खबर

निजामती कर्मचारीको बढेको तलब लागू, अब कसको कति?

  • सिधा दृष्टी आइतवार, साउन १, २०७९ | July 17, 2022

काठमाडौं- आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब कार्यान्वयनमा आएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा निजामती कर्मचारीको १५ प्रतिशतले वृद्धि भएको थियो।
सरकारले महँगी भत्तालाई पनि निरन्तरता दिइएको थियो। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू भएको हो। ​
निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन्।
अब मुख्यसचिवले ६७ हजार १४० बाट बढेको तलब ७७ हजार २११ पाउने भएका छन्।

उता सचिवले ६२ हजार ६८० तलब रहेकोमा अब ७२ हजार ८२, सहसचिवले ४९ हजार ३८० बाट बढेको ५६ हजार ७८७ तलब पाउने भएका छन्।
उपसचिवले ४३ हजार ३८० रुपैयाँ हाल तलब रहेकोमा अब ४८ हजार ७३७ पाउने भएका छन्। शाखा अधिधृतको हालको तलब ३७ हजार ९९० रहेकोमा अब बढेको तलब ४३ हजार ६८९ पाउने भएका छन्।
उता नायव सुब्बाहरूले हाल ३० हजार तलब रहेकोमा अब ३४ हजार ७३० रुपैयाँ बढेको तलब पाउने भएका हुन्। खरिदारको तलब हाल २८ हजार ६१० रहेकोमा बढेको तलब ३२ हजार ९०२ र मुखियाको तलब २४ हजार १० रहेकोमा अब बढेको तलब २७ हजार ६१२ पाउने छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय