बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ
मुख्य खबर

विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ

  • सिधा दृष्टी शुक्रबार, असार ३१, २०७९ | July 15, 2022

काठमाडौं– दाता निकाय विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ।
नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले १०० मिलियन डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो।
विश्व बैंकका कार्यकारी निर्देशक तथा मालदिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन्। वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलो पटक सहयोग गरेको हो।
‘कोभिड महामारीको समय, वातावरणीय सुरक्षा, समावेशी र

थप लचिलो विकास मार्गलाई अगाडि बढाउन विश्व बैंकले नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ। यसमार्फत हामी पानी, भूमि प्रयोग, कृषि, वन, सहरी, फोहोर र प्रदूषणलगायत क्षेत्रमा नेपाल सरकारको मुख्य नीतिगत कार्यलाई समर्थन गर्दै छौं’, विश्व बैंकका प्रतिनिधि फारिस हदाद जेर्भोसले भने।
यो सहयोगले नेपालको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने विश्व बैंकले बताएको छ।
केही दिनअघि मात्र विश्व बैंकले नेपालको पानी तथा सरसफाइका लागि १० अर्ब रुपैयाँ सहयोग गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय