शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ
मुख्य खबर

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ

  • सिधा दृष्टी शुक्रबार, असार ३१, २०७९ | July 15, 2022

काठमाडौं– आईजीपी नियुक्ति प्रकरणमा एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला सुनाएको हो। योसँगै पोखरेलको आईजीपी बन्ने बाटो बन्द भएको छ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हो। यस्तै, यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि सर्वोच्चले खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएको छ।

/> सर्वोच्चको फैसलापछि प्रहरी महानिरीक्षकमा सिंहको नियुक्तिमा उठाइएका प्रश्नको औचित्य सकिएको छ। यो मुद्दामा गत जेठ ३० मा अन्तिम सुनुवाइ सुरु भएको थियो।सरकारले सिंहलाई आईजीपी बनाएपछि एआईजी पोखरेलले रिट निवेदन दायर गरेका थिए। सिंहभन्दा आफू १७ महिना पहिले एआईजी भएको दाबी गर्दै उनले आफू आईजीपी हुनुपर्ने माग गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय