शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • १८ जना कैदीमा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो
मुख्य खबर

१८ जना कैदीमा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो

  • सिधा दृष्टी शुक्रबार, असार ३१, २०७९ | July 15, 2022

विराटनगर– जिल्ला कारागार मोरङमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। १८ जना कैदीमा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो।
शुक्रबार बिहान १८ जनाको एन्टिजेन परीक्षण गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए। एन्टिजेन पोजिटिभ आएकालाई थप उपचारका लागि कोसी कोभिड अस्पताल रेफर गरिने उनले बताए।
कैदीमा ज्वरो देखिएपछि कोसी अस्पतालमा भर्ना गरिएका कैदी बन्दीको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो।
कोशी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैँचा नगरपालिका–४ घर भएका कैदी ३९ वर्षीय

नीरबहादुर नेपालको मृत्यु भइसकेको छ। उनलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार ८७ जना कैदी बन्दी छन्। कैदीमा कोरोना संक्रमण देखिएपछि मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला लगायतका सुरक्षा अधिकारीले शुक्रबार बिहान अस्पताल पुगेर उपचाररत कैदी बन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।
कारागारका कैदी बन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए। कारागारमा कोरोना फैलिएको पुष्टि भएपछि कैदीको उपचार र व्यवस्थापनमा समस्या भएको निमित्त जेलर तुलसीराम भगतले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय