शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • लाट्भियाका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित
मुख्य खबर

लाट्भियाका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

  • सिधा दृष्टी बिहिबार, असार ३०, २०७९ | July 14, 2022

रिगा- लाट्भियाका प्रधानमन्त्री क्रिस्जानिस कारिन्स कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित भएपछि उहाँले बुधबारदेखि घरबाटै आफ्नो काम गरिरहनु भएको अधिकारीहरूले जनाएका छन्।
उनले आफू संक्रमित भएको कुरा सामाजिक सञ्जालहरुबाट पनि जानकारी दिनु भएको छ भने आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको स्पष्ट पारेका छन्। उनका चिकित्सकहरूले एकान्तवासबाट काम गर्न सक्ने सुझाव दिएपछि उहाँले एकान्तवासबाट काम गरिरहनु भएको छ। उहाँले आगामी एक हप्ता घरबाटै काम गर्ने जनाइएको छ।
उनले आम नागरिकलाई पनि स्वास्थ्य सतर्कता अपनाउन र मापदण्ड पालना गर्न आग्रह

गरेका छन्। लाट्भियामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको अधिकारीहरूले जनाएका छन्।
रोग न्यूनिकरण तथा नियन्त्रण केन्द्रले बुधबार दिएको जानकारी अनुसार लाट्भियामा पछिल्लो एक दिनमा ९०८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। सो विवरणमा कोरोना भाइरसबाट भने कसैको पनि मृत्यु भएको विवरण प्राप्त नभएको उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय