सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • भारतमा र दक्षिण कोरियामा बढ्दै कोरोना संक्रमण
मुख्य खबर

भारतमा र दक्षिण कोरियामा बढ्दै कोरोना संक्रमण

  • सिधा दृष्टी बिहिबार, असार ३०, २०७९ | July 14, 2022

नयाँ दिल्ली- भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ। भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो। बितेका २४ घण्टामा १६ हजार नौसय छ जना सङ्क्रमित फेला परेका छन्।
हाल भारतमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको समाचारमा जनाइएको छ। यहाँ एक लाख ३२ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन्। यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १३ दिन यता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी

भएको छ।
पछिल्लो एक दिनमा १५ हजार ४४७ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड ३० लाख ११ हजार ७४७ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.४९ प्रतिशत रहेको छ।
बितेका २४ घण्टामा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ। कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय १९ जनाको मृत्यु भएको छ। मङ्गलबार चार लाख ५९ हजार ३०२ कोरोना परीक्षण गरिएको थियो। यस महामारी शुरु भएयता हालसम्म ८६ करोड ७७ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड १२ लाख ७९ हजार १० मात्रा खोप लगाइएको छ।
यसैबीच दक्षिण कोरियामा मङ्गलबार ४० हजार २६६ जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। योसँगै दक्षिण कोरियामा एक करोड ८६ लाख २ हजार १०९ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।
अघिल्लो दिनको तुलनामा आज दुई हजार ९०६ जना बढेको जनाइएको छ। कोरोना संक्रमणबाट हिजो बाह्र जनाको मृत्यु भएको थियो। कोरोनाका कारण हालसम्म २४ हजार ६८० जनाको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय