गभर्नर महाप्रसाद अधिकारी लाई नेबि संघ नेता थापाको चेतावनी ! एमालेको झोले कार्यकर्ताको बनेर देश बर्बाद नपार्नुस। एमालेको कार्यकर्ता भन्दै गभर्नर महाप्रसाद अधिकारी लाई चेतावनी दिदै नेपाल विधार्थी संघका पुर्ब प्रभावशाली केन्द्रीय सदस्य मनिष जङ्ग थापाले दिए यस्तो कडा प्रतिक्रिया दिएका हुन् । नेता थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य रहेको र देश लाई बर्बादी तर्फ लादेको खुलासा गरेका हुन् । नेता थापाले भने चारैतिर चर्चा पाएको यो विषयले उग्र रुप लिने र सचेत
जनताले अधिकारी लाई कार्यालयबाट लखेटेर सडकमा पछार्ने छन् । त्यो सजाज भोग्नु भन्दा देश र जनता संग माफी मागेर मार्ग प्रशस्त गर्न सुझाब दिएका छन् । उनले यो नीति ल्याउँदा मौद्रिक नीति चलायमान हुने गरी ल्याउनुपर्ने भन्दै उनले व्यापार घाटा र आकासिलो मूल्यवृद्धिलाई व्यवस्थापन गर्ने गरी ल्याउनुपर्ने बताए । शेयर बजारमा सुधार भनेर ४’१२ को नीति ल्याइएको भन्दै उनले यसलाई सच्चाइनु पर्ने बताए । अन्यथा लाखौँ साना लगानीकर्ता सडकमा आउने भन्दै थापाले भने, ‘मैले गरेको सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । गभर्नर अधिकारी एमालेको अर्थ र योजना विभागको सदस्य रहेको बाहिर आएपछि सांसदहरूले र जनताले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।