शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्रोत नखुलेको बीस लाख रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ
समाचार

स्रोत नखुलेको बीस लाख रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ

  • सिधा दृष्टी बिहिबार, असार ३०, २०७९ | July 14, 2022

वीरगन्ज- स्रोत नखुलेको बीस लाख रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार, पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० बस्ने सञ्जित कुमार र अनुराग मिश्र रहेका छन्।
वीरगन्ज-१६ रजतजयन्ती चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बी आर ०५ यु ३५०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुबै जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
प्रहरीले मोटरसाइकल चालक संजितको साथबाट आफ्नो शरीरको विभिन्न भाग र हेल्मेटमा लुकाएर ल्याएको

२० लाख स्रोत नखुलेको रकम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए।
संजितसँगै मोटर साइकलको पछाडि बस्ने अनुरागलाई पनि नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय