मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • भृकुटीमण्डपमा आगलागी हुँदा करोडौंको क्षति भएको दाबी
मुख्य खबर

भृकुटीमण्डपमा आगलागी हुँदा करोडौंको क्षति भएको दाबी

  • सिधा दृष्टी बुधबार, असार २९, २०७९ | July 13, 2022

काठमाडौँ — भृकुटीमण्डपमा बुधबार आगलागी हुँदा करोडौंको क्षति भएको प्रारम्भिक विवरण आएको प्रहरी जानकारी दिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्ष सन्तोष सिंह राठौरका अनुसार आगलागीबाट ३० करोड बराबरको सामग्री जलेर नष्ट भएको दाबी गरिएको छ ।
समाज कल्याण परिषद् र आपांग संघको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको हुनसक्ने एसपी राठौरले इकान्तिपुरलाई जानकारी दिए ।
उनका अनुसार गोदाममा राखिएका ह्वीलचेयरहरु, कृत्रिम खुट्टा तथा हातहरु जलेका छन् । अफिसका सामग्री तथा कागाजतहरु पनि जलेर नष्ट

भएको उनले बताए । आगलागी के कारणले भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘उक्त टहरामा लैनचौरस्थित पुरानो कार्यालयबाट बाहिर निस्केपछि अन्य स्थानमा राख्ने ठाउँ नभई थन्काइएका सामग्रीहरु राखिएको थियो,’ समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टले भने ।

अघिल्लो सरकारले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालय उपराष्ट्रपतिको निवास बनाएपछि परिषद्को पुल्चोकस्थित एउटा सानो घरमा भाडामा बस्दै आएको छ ।
कार्यालय सानो भएका कारण लैनचौरबाट ल्याएका फर्निचरलगायत अन्य सामग्रीहरु त्यहि भृकुटीमण्डपस्थित कार्यालयमा राखिएको थियो ।
सदस्य–सचिव भट्टले आगोलागिको क्षति आंकलन बारे अध्ययन गर्न कार्यालय प्रमुख शम्भुजंग राणाको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिए । भट्टले लैनचौरदेखि ल्याएका सामग्रीहरु, ह्विल चेयरहरु र अन्य कागजपत्रहरु पनि उक्त टहरामा रहेको बताए । उनले केहि पुराना गाडीहरु पनि त्यहाँ रहेको जानकारी दिए ।
‘केहि दिन अघिमात्र त्यहाँ के–के सामग्रीहरु छन् भनेर सूची तयार गरिएको थियो । पुरानो सूची र भोलि मुचुल्का उठाएपछि आउने नयाँ सूचि हेरेपछि क्षतिको यकिन हुनेछ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय