बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्
मुख्य खबर

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्

  • सिधा दृष्टी बुधबार, असार २९, २०७९ | July 13, 2022

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमान चढेर मुलुक छोडेका हुन्।
बीबीसीका अनुसार उनी देश छोडेर माल्दिभ्स पुगेका छन्। ७३ वर्षीय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।
शनिबार उनको निवासमा भीडले आक्रमण गरेको थियो। त्यसपछि उनी लुकेर बसिरहेका थिए।
राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन्।

/> श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र आक्रोश रहेको छ।
राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको अन्त्य भएको छ।
यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए। यो सँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्।
सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय