शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
मुख्य खबर

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

  • सिधा दृष्टी बुधबार, असार २९, २०७९ | July 13, 2022

धनगढी- कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका-२ शिवनगरका २८ वर्षीय हिक्मतबहादुर बम, जोशीपुर गाउँपालिका-७ सिमरीका २७ वर्षीय रामबहादुर सिराडी र गौरीगंगा नगरपालिका-९ शान्तिपुरका २७ वर्षीय ईश्वर पौडेल रहेका छन्।
गौरीगंगा-९ शान्तिपुरका मेघराज पौडेलको घरमा खानतलासी गर्दा ३५ ग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका ईश्वर मेघराजका छोरा हुन्। उनीहरू तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय