मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ
मुख्य खबर

पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ

  • सिधा दृष्टी मङ्लबार, असार २८, २०७९ | July 12, 2022

झापा- झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ।
बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए।
बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो।
उक्त

दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन्। घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो।
दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय