सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै पोखरामा प्रदर्शन भएको छ
मुख्य खबर

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै पोखरामा प्रदर्शन भएको छ

  • सिधा दृष्टी मङ्लबार, असार २८, २०७९ | July 12, 2022

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै पोखरामा प्रदर्शन भएको छ। नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन्।
गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड बजेट विनियोजन गरेपछि विरोध भइरहेको छ। यस्ता योजना ल्याउनेमा मुख्यमन्त्री पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन्।
मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकास

कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो।
यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ।
सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन्। उनका बुवा आमाका नाममा खोलिएको ‘पुननारायण(धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’ लाई अर्को शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। सामाजिक विकास मन्त्री श्रेष्ठले दुई वटा शीर्षकमा गरी आमा बुबाका नाममा १ करोड विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय